पर्सागढी नगरपालिका–७ टिकुलियामा कृषि बेमौसमी तरकारीखेतीबारे कृषकहरूलाई तालीम प्रदान गरिएको छ। वडास्तरमा तरकारीखेती गर्ने किसानहरूलाई तीन दिने बेमौसमी तरकारीखेतीबारेमा तालीम दिइएको थियो। पर्सागढी नगरपालिकाको सहयोग र सहज सेवा सीप विकास केन्द्र पर्साको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष शङ्कर रायभरको अध्यक्षतामा भएको र वडा सदस्य राजेश सहनी, मैनुद्दीन मियाँ, वडासचिव रिमा चौधरी, पत्रकार बलिराम शुक्लालगायतले कार्यक्रम सफलताको कामना गरेका थिए।
कार्यक्रमको सहजीकरण सुस्मिता चौधरीले गरेकी थिइन् भने कृषि प्राविधिक मोहन चौधरी र कृष्णकुमारी बस्नेतले प्रशिक्षण दिएका थिए।