कोल्हवी नगरपालिका–५ जुगुवामा वन क्षेत्रको जमीन कब्जा गरी घेराबार गरी अतिक्रमण गर्ने प्रयास विफल भएको छ। वन क्षेत्रको करीब आठ बिघा जमीन अतिक्रमण गरी तारबार गरी खेतीपाती गर्न थालिएको सूचना पाएसँगै डिभिजन वन कार्यालय, बाराको सशस्त्र वनरक्षक टोलीका प्रमुख नागेन्द्र बैठाको नेतृत्वमा शनिवार बिहान टोली खटेर घेराबार, तारबार हटाएको डिवका, बाराले जनाएको छ।
वन क्षेत्रको जमीन कब्जा, अतिक्रमण गर्ने कार्य वन ऐन, कानूनविपरीत भएको र वन क्षेत्र मास्ने, कब्जा, अतिक्रमण गर्ने व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही गर्ने डिवका, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुर्मीले बताए।