बलिराम शुक्ला, बिरुवागुठी, १८ जेठ/

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले आइपिभी खोप  अभियान सफल बनाउन आग्रह गरेका छन्।

खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा  उनले पोलियो रोग उन्मूलनको लागि २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप लगाउन आग्रह गरे।

नगरप्रमुख पाठकले जेठ २०–२३ गतेसम्म विद्यालयहरूमा चल्ने खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई अनुरोध गरे।

कार्यक्रममा पर्सागढी नपा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले पोलियो भाइरस न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आइपिभी खोपबारे जानकारी गराएका  थिए।

कार्यक्रममा वडाध्यक्ष शेख खुर्शेद, वीरेन्द्रप्रसाद थारू, कार्यपालिका सदस्यहरू सीता लामा, चन्दादेवी थरुनी, लक्ष्मी विक, सविता गिरी, दिलबहादुर भुजेललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here