दिनेशकुमार मिश्र, वीरगंज, १८ जेठ/

पोखरिया नगरपालिका वडा नं ५ सतवरियामा सडक पिच, ढलान र नाला निर्माण हुने भएको छ। शुक्रवार पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानले सो निर्माण कार्यको शिलान्यास गरेका छन्। एक करोड

४६ लाख रुपैयाँको लागतमा टेन्डर आह्वान भएकोमा बहुदरमाई कन्स्ट्रक्शनले ८७ लाख रुपैयाँमा साकार गरेको थियो।

नगरप्रमुख चौहानको प्रयासले केन्द्रबाट सो बजेट आएको हो। वडा नं ५ मा रहेको कमल मुखियाको घरदेखि कालिकामाई गाउँपालिका जाने पिचसम्म सडक पिच हुने भएको छ। सडक  ढलान, नाला र सडक पिच बन्ने हँुदा गाउँवासी खुशी भएको स्थानीय राजेश्वर रौनियारले बताए। शिलान्यास कार्यक्रममा  वडाध्यक्ष महेन्द्र महतो, वडा सदस्यहरू र नागरिक अगुवाहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here