राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका नेताहरूले बिहीवार वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
आप्mनो पार्टीले अघि सारेको बहुल राष्ट्रिय राज्य, स्वदेशवाद, सामुदायिक समाजवादको विषयमा उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूलाई नेताहरूले अवगत गराएका थिए। उनीहरूले राष्ट्रिय मुक्ति क्रान्ति पार्टी तराई, पहाड, हिमाल गरी सबै नेपालीको हकहितमा जुटेको र यो अभियानमा वीरगंज उद्योग वाणिज्य सङ्घको साथ र सहयोग हुनुपर्ने आग्रह गरेका थिए।
कार्यक्रममा पार्टीका नेताहरू रामनरेश यादव, राजीव झा, निजामुद्दीन समानी, राजेश यादव, अनिल वर्मा, अनिरुद्धप्रसाद कलवार, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजीप्रसाद कलवार, सहसचिव नीरज अग्रवाललगायतको सहभागिता थियो।