एनसिसी एस महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिता अन्र्तगत महिलातर्फको खेलमा काठमाडौंले ललितपुरलाई पराजित गर्दै विजयी भएको छ।
मूलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा काठमाडौंले ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो। काठमाडौंले प्रस्तुत गरेको १३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९९ रनमा समेटियो।
ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन् भने रेखा तामाङले अविजित १६ रन बनाइन्। त्यस्तै, साविका यादवले १६ रन बनाइन्।
काठमाडौंका लागि संस्कृति फुयाँल, विपिशा शाही र एली यादवले समान एक/एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १३० रनको योगफल बनाएको थियो। काठमाडौंका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन्।
यसैगरी, कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाइन्। ललितपुरका लागि मनीषा उपाध्याय र सम्भाव्या ढकालले समान एक/एक विकेट लिए।
मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ।