प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ पुनः खोल्ने काम गर्ने तयारी अवस्थामा रहेको बताएका छन्।
राष्ट्रपतिले प्यालेस्टिनी पक्ष सन् २००५ मा क्रसिड्ढो व्यवस्थापनका लागि हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत रफाह क्रसिङ पुनः खोल्न तयार रहेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले जनाएको छ।
युरोपियन युनियन (इयू)को विदेश नीति प्रमुख जोसेप बोरेलको बयानको प्रतिक्रियामा इयूले रफाहमा आफ्नो सीमा सहायता मिसन पुनः सक्रिय गर्न सहमत भएको घोषणा गरेको थियो।
बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा सीमा मिसनको पुनर्उत्थानका लागि इजिप्ट, प्यालेस्टाइन र इजरायलको समर्थन आवश्यक पर्ने बताएका छन्।
इजरायली सेनाले गाजा नियन्त्रणमा लिएदेखि गाजामा सहायताका लागि मुख्य प्रवेशबिन्दु रफाह क्रसिङ लगभग तीन हप्तादेखि बन्द भएको समयमा बोरेलको यस्तो बयान आएको हो।
युरोपेली सङ्घद्वारा सन् २००५ मा रफाहमा तैनाथ गरिएको सीमा सहायता मिसनले प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनद्वारा गाजा नियन्त्रण गरेपछि सन् २००७ देखि स्थगित गरेको थियो। रासस