नयाँ दिल्ली, १४ जेठ/सिन्ह्वा

विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ।

गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी)का अनुसार दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ। यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आगामी केही दिनसम्म जारी रहने पूर्वानुमान विभागले गरेको छ।

प्रतिकूल मौसमबाट बालबालिकालाई बचाउनका लागि दिल्लीसँग जोडिएको हरियाणा राज्यको एक भाग गुरुग्राममा कक्षा ८ सम्मका विद्यालयहरू बन्द गरिएका छन्।

उष्ण लहरसँगै गर्मीका कारण हुने विविध स्वास्थ्य समस्यापछि खासगरी शहरी क्षेत्रमा अधिकारीहरूले अतिआवश्यकबाहेकको अवस्थामा घरबाहिर ननिस्कन र छहारीमा बस्न नागरिकहरूलाई आग्रह गरेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here