काठमाडौं, १४ जेठ/रासस

यो साता कारोबारको दोस्रो दिन सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार ११३ दशमलव २७ को बिन्दुमा कायम भएको हो।

आज विभिन्न ३१७ कम्पनीका ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक खरीद–बिक्री हुँदा रु तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार १६४ बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह शून्य दशमलव ७४, होटल तथा पर्यटन समूह शून्य दशमलव ४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेका छन् भने अरू सबै समूहका उपसूचक बढेका छन्।

विकास बैंक समूह शून्य दशमलव ६३, वित्त समूह एक दशमलव ४१, जलविद्युत् शून्य दशमलव २५, लगानी एक दशमलव ८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेका छन्। त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ४९, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव ६४ प्रतिशतले बढेका छन्।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेकोछ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २० करोड ४० लाख ४७ हजार ४३४ बराबरको तीन लाख ५५ हजार ८९५ कित्ता शेयर किनबेच भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here