रामराज्य परिषद्का अध्यक्ष जगतबहादुर थापाले नेपालमा रामराज्य व्यवस्था आवश्यक रहेको बताएका छन्।
आइतवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रत्येक नेपाली राजनीतिक हैसियतमा निर्णायक, आर्थिक हैसियतमा सम्पन्न, सामाजिक हैसियतमा सम्मानित, सांस्कृतिक हैसियतमा लोकप्रिय, धार्मिक हैसियतमा वैदिक धर्म सापेक्षवाद र नागरिकको हैसियतमा देशभक्त, स्वाभिमानी, राष्ट्रवादी बन्नुपर्ने बताए।
उनले नेपाल सदैव ऋषिभूमि, ज्ञानभूमि, पुण्यभूमिको रूपमा हुनुपर्ने बताए।