प्रमोद यादव, पंचगावाँ, १३ जेठ/

पटेर्वासुगौली गाउँपालिका–२ विश्राम टोलबाट वन कर्मचारीले सालको गोलिया बरामद गरेको छ।  आइतवार बिहान सबडिभिजन वन कार्यालय रङ्गपुरटाँडीका जमदार

अर्जुन चौधरी नेतृत्वको वन गस्ती  टोलीले सालको गोलिया बरामद  गरी सबडिभिजन वन कार्यालय  रङ्गपुरमा राखेको छ। सो क्षेत्रमा  रहेका काठ तस्करहरूले सालको  रूख कटान गरी देउरवाना र  प्रसौनीको समिल र फर्निचर उद्योगमा बिक्री गर्ने गरेको स्थानीयले बताएका  छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here