पर्सा र बारामा शनिवार पाँच स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा २५ महिलासहित २४३ जनाले रक्तदान गरेका छन्।
वीरगंज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिलासहित ११२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए। कार्यक्रममा नहिदा नाज, दीपिका नेपाल, नीरा यादव, अलि हवारी, विशाल बेरिवाल, आयुष गुप्ता, श्यामराज कार्की, आनन्द चौधरी, नवराज फुयाँल, समीर लामा, कृष्ण यादव, कमलेश सर्राफलगायतले रक्तदान गरेका थिए।
यसैगरी, बाराको पिलुवामा सशस्त्र प्रहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष कुमारले बताए। कार्यक्रममा कृष्ण पौडेल, मुकेश चन्द्र, सूर्य लामा, अजय मगर, शङ्कर चौधरी, मनोज नगरकोटी, शान्त तामाङलगायतले रक्तदान गरेका थिए।
यसैगरी, नेपाल खेलकूद महासङ्घले रेशमकोठीमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित २८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए। वडाध्यक्ष प्रदीप चौरसियासहित नजबुल्ला अलि, श्याम मण्डल, अमित पटेल, आयुष ताम्राकार, सुदीप साहलगायतले रक्तदान गरेका थिए।
यसैगरी, वीरगंज युथ कमिटीले अशोक वाटिकास्थित शिवपार्वती मन्दिर परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए। कार्यक्रममा गुनगुन कुशवाहा, शुभम् गिरी, आयुष केडिया, राहुल गुप्ता, निखिल सर्राफ, बलिराम चौधरी, पुनीत पटेललगायतले रक्तदान गरेका थिए।
यसैगरी, प्रादेशिक अस्पताल कलैयामा रगतको अभाव भएपछि संयुक्त एम्बुलेन्स चालक सङ्घको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा तीनजना महिलासहित ३५ जनाले रक्तदान गरेको नेका, बाराका लालबाबू साहले बताए। संयुक्त एम्बुलेन्स चालक सङ्घ बाराका अध्यक्ष दीपेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रमको नेका, बाराका क्षेत्रीय सभापति लुकेश सिंहले उद्घाटन गरेका थिए।
कार्यक्रममा रामरूप यादव, सागर शुक्ला, रमेश दास, लालमती देवी, सीमा चौधरी, माही साह, विपिन ठाकुर, सुनील राम, अजय साहलगायतले रक्तदान गरेका थिए।