इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको आयोजनामा शनिवार सुरक्षासम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने सुरक्षा व्यवस्थासम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले ग्रामीण क्षेत्रमा सुरक्षासम्बन्धी कामकारबाई गर्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताए।
उनले स्थानीयको सहयोगमा प्रहरीले आफ्नो जिम्मेवारीलाई अझ बढी प्रभावकारी ढङ्गबाट परिचालन गर्न अन्तक्र्रियाबाट सुझाव आउने बताए। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले सडक दुर्घटना बढेर मानिसहरूको अनाहकमा मृत्यु भइरहेको बताउँदै विनाहेलमेट मोटरसाइकल चलाउनेहरूलाई कारबाही गर्न सुझाए। यसैगरी, चारचक्के सवारीसाधनहरूमा बुफर जडान गरी चर्काे स्वरमा गीत बजाउने कार्य रोकिनुपर्ने र कार्यालयमा आउने सेवाग्राहीका काम सहजरूपमा सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए।
उनीहरूले प्रहरी कारबाही विभेदरहित हुनुपर्ने बताए। फरार अपराधीहरू पक्राउ गर्ने क्रममा प्रहरीले विभेद गर्दै आएको आरोप लागेको हुँदा इमानदारीका साथ सेवा प्रभाव गर्न उनीहरूले आग्रह गरे। यसो गर्दा प्रहरीको मानमर्यादामा वृद्धि हुने अन्यथा मानमर्दन हुन सक्ने बताए।
प्रनि बुढाथापाले अन्तक्र्रियाबाट आएका सुझावहरूलाई मनन गर्दै सबैको सहयोग र सहकार्यमा काम गर्ने विश्वास व्यक्त गरे। उनले प्रहरीलाई सघाउन सबैलाई आग्रह गर्दै सूचनाको दुरुपयोग नगरिने र सबैखाले सूचना गोप्य राखिने बताउँदै सूचनाको आधारमा धेरै खाले सामाजिक, आर्थिक अपराधका घटनाहरूको समाधान गर्न सकिने बताए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता थियो।