जारी लोकसभा चुनावको छैटौं चरणको मतदान शनिवार बिहान छवटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा सम्पन्न भएको छ। बिहान ७ बजे शुरू भएको मतदान साँझ छ बजेसम्म जारी थियो।
बिहान मतदान शुरू हुनु अघि उडिसामा लोकसभा र विधानसभा चुनावका लागि विभिन्न क्षेत्रमा नमूना मतदान भएको थियो।
छैटौं चरणको मतदान अन्तर्गत बिहारका आठ, हरियाणाका सबै, जम्मु–कश्मीरको एक, झारखण्डका चार, दिल्लीका सात, उडिसाका छ, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गालका आठ सिटका लागि मतदान भएको थियो। जसमा कुल ८८९ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्।
छैटौं चरणमा उडिसाका ४२ वटा विधानसभा निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ। जहाँ लोकसभा चुनावसँगै विधानसभा चुनाव भइरहेको छ। यस चरणमा दिल्ली र हरियाणाका सबै संसदीय सिटमा मतदान भएको छ। प्रमुख उम्मेदवारमा दुई पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टर र मेहबुबा मुप्mती रहेका छन्।
करनालबाट भाजपाका उम्मेदवार खट्टर र अनन्तनाग–राजौरीबाट पिडिपी उम्मेदवार मेहबुबा मुप्mती चुनावी मैदानमा छन्।
केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान, भाजपाका प्रवक्ता सम्बित पात्रा र पूर्वकेन्द्रीय मन्त्री मेनका गाँधी प्रमुख उम्मेदवार छन्। अन्य प्रमुख उम्मेदवारमा बाँसुरी स्वराज, सोमनाथ भारती, मनोज तिवारी, कन्हैया कुमार, दिनेशलाल यादव उर्फ ‘निरहुआ’, धर्मेन्द्र यादव, अभिजीत गङ्गोपाध्याय, अग्निमित्रा पल, नवीन जिन्दल, राज बब्बर, दीपेन्द्र सिंह हुडा, कुमारी शैलजा र अपराजित सारङ्गिया रहेका छन्।
केही प्रमुख सिटमा नयFँ दिल्ली, उत्तर–पूर्वी दिल्ली, उत्तर–पश्चिम दिल्ली र राजधानीको चाँदनी चोक र उत्तर प्रदेशको सुल्तानपुर र आजमगढ समावेश छन्।
प्रमुख सिटकै रूपमा जम्मु–कश्मीरको अनन्तनाग–राजौरी, पश्चिम बङ्गालको तामलुक, मेदिनीपुर, हरियाणाको करनाल, कुरुक्षेत्र, गुडगाव, रोहतक र उडिसाको भुवनेश्वर, पुरी र सम्बलपुरलगायत छन्।
पछिल्लो दुई चुनावमा राजधानीका सातवटै लोकसभा सिट जितेको भाजपासँग दिल्लीमा आप र काङ्ग्रेसले संयुक्त प्रतिस्पर्धा गरिरहेका छन्। राजधानीमा काङ्गे्रस तीनवटा सिटमा लड्दैछ भने आप चारवटा सिटमा लड्दैछ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टीका अन्य नेताको –यालीले भाजपाको अभियानलाई बलियो बनाएको छ। सर्वोच्च अदालतद्वारा अन्तरिम जमानतमा रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आप र काङ्गे्रस उम्मेदवारका लागि मत मागेका छन्।
आम आदमी पार्टी र काङ्ग्रेसले हरियाणामा पनि हातेमालो गरेका छन्। यहाँ सन् २०१९ को लोकसभा चुनावमा भाजपाले सबै सिट जितेको थियो। हिसारसहित राज्यका केही सिटमा बहुआयामिक प्रतिस्पर्धा भइरहेको छ। यस राज्यमा लोकसभा चुनावको केही महीनापछि विधानसभा चुनाव हुनेछ।
उडिसाका सम्बलपुर, भुवनेश्वर र पुरीमा पनि केही सौदाबाजी भइरहेको छ। यहाँ तातो मौसम तथा वर्षाको प्रतिकूल प्रभाव व्यवस्थापन गर्न पर्याप्त उपाय गर्न सम्बन्धित सिइओ र राज्य अधिकारीलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ।
मतदान केन्द्रमा पर्याप्त छाया, पिउने पानी, शौचालय र अन्य आधारभूत सुविधा हुनेछन्, जसले मतदान सहज र सुरक्षित वातावरणमा सम्पन्न होस्। निर्वाचन आयोगले मतदातालाई ठूलो सङ्ख्यामा मतदान केन्द्रमा उपस्थित भएर जिम्मेवारी र गर्वका साथ मतदान गर्न अपील गरेको छ।
आम चुनावको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका ४२८ संसदीय निर्वाचन क्षेत्रमा मतदान भइसकेको छ। जहाँ ११.१३ करोडभन्दा बढी मतदातामध्ये ५.८४ करोड पुरुष, ५.२९ करोड महिला, पाँच हजार १२० तेस्रो लिङ्ग मतदाता छन्। निर्वाचन सञ्चालन गर्न करीब ११.४ लाख मतदान अधिकारी संलग्न हुनेछन्।
८५ वर्षभन्दा माथिका ८.९३ लाख, १०० वर्षभन्दा माथिका २३ हजार ६५९ मतदातालाई लोकसभा चुनावको अन्तिम चरणमा आप्mनो घरबाट मतदान गर्ने विकल्प प्रदान गरिएको छ।
जम्मु–कश्मीरको अनन्तनाग–राजौरी लोकसभा निर्वाचन क्षेत्रमा आइतवार मतदान हुनेछ। निर्वाचन समितिले मतदानको मिति परिवर्तन गर्न निवेदन प्राप्त गरेपछि मतदानको मिति मे ७ बाट २५ सम्म संशोधन गरेको थियो।
जून १ मा सातौं चरणको लोकसभा चुनाव हुनेछ, जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताले आप्mनो मताधिकार प्रयोग गर्नेछन्। निर्वाचनको परिणाम भने जून–४ मा घोषणा हुने जनाइएको छ। रासस