प्रस, वीरगंज, १० जेठ/

समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारविरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुव्र्यवहारविरुद्ध बिहीवार एक दिने सचेतना कक्षा सञ्चालन गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिषद्का कर्मचारी, मूल्याङ्कनमा जाने टीम लिडरलगायतले सेवाग्राहीसँग आचारसंहिताविपरीत व्यवहार गर्ने गरेको उजूरी तथा गुनासाहरू आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिएकी थिइन् ।

सोहीअनुरूप परिषद्ले सबै विभागका कर्मचारीहरूलाई व्यावहारिक, नैतिक र कानूनी ज्ञानसहित आचारसंहिताबारे सचेतना दिएको थियो । पहिलोपटक कर्मचारीहरूको लागि सचेतना कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

सचेतनाले कार्यस्थलमा महिला र पुरुषले एकअर्कालाई कसरी सम्मानपूर्वक व्यवहार गर्ने,  यौनजन्य दुव्र्यवहार भनेको के हो र कसरी हुन्छ, यस्ता खाले दुव्र्यवहारबाट कसरी बच्ने, यसका कानूनी प्रावधानबारे कानूनी र व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here