चालू आर्थिक वर्ष २०२३ जुलाई–२०२४ जूनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैंकको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजीकको तथ्याङ्क रहेको समाचार एजेन्सी बिएसएसले सोमवार रिपोर्ट गरेको छ।
यसैबीच, चालू आर्थिक वर्षको पहिलो सात महीनाको तथ्याङ्कमा आधारित अनुमान अनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको २,७४९ डलरबाट बढेर चालू आर्थिक वर्षमा २,७८४ डलर पुगेको छ।
हालको मूल्यमा बङ्गलादेशको जिडिपी ४५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ४५२ अर्ब डलर थियो। तथ्याङ्कले कृषि र उद्योगमा कमी देखाएको र सेवामा थोरै वृद्धि भएको देखाएको छ। रासस