वाशिङ्टन डिसी, ५ जेठ/एएनआई

आमनिर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले शुक्रवार भारतभन्दा जीवन्त लोकतन्त्र संसारमा नभएको बताएको छ।

राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले भावी सरकार निर्माणमा भारतीय जनताले देखाएको सक्रियताको प्रशंसा गरे। किर्बीले एक पत्रकार सम्मेलनमा भने, “संसारमा भारतभन्दा जीवन्त लोकतन्त्र धेरै छैनन् र हामी भारतीय जनतालाई उनीहरूको मतदान गर्ने क्षमता र भावी सरकार निर्माणका लागि देखाएको सक्रियताकोे प्रशंसा गर्छौं र शुभकामना दिन्छौं।” भारतको आमनिर्वाचनप्रति अमेरिकी राष्ट्रपतिको विचारबारे सोधिएको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत–अमेरिका सम्बन्धको बारेमा अर्को प्रश्नको जवाफ दिंदै ह्वाइट हाउसका अधिकारीले भने, “म विगत तीन वर्षमा अडिग रहन्छु, भारतसँगको हाम्रो सम्बन्ध अत्यन्त निकट छ र निकट हुँदै गइरहेको छ।”

“तपाईंले यो राज्य भ्रमणमा देख्नुभयो। हामीले महत्वपूर्ण उदीयमान प्रविधिहरूमा सँगै काम गर्ने सबै प्रकारका नयाँ पहल शुरू गरेका छौं र इन्डो–प्यासिफिक क्वाडको प्रासङ्गिकतालाई सुदृढ र विस्तार गरेका छौं, जसको भारत एक हिस्सा हो, यो एक धेरै जीवन्त सक्रिय साझेदारी हो र हामी प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वका लागि आभारी छौं,” किर्बीले भने। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here