प्रस, वीरगंज, ४ जेठ/
सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षकमाथि हातपात गरेको विरोधमा नौ दिनदेखि बन्द रहेको विद्यालय बिहीवारदेखि सञ्चालनमा आएको छ ।

विद्यालय प्रशासनले शिक्ष्Fकमाथि कुटपिट गर्ने छजना विद्यार्थीलाई कारबाई गरेपछि बिहीवारदेखि पठनपाठन शुरू भएको प्रधानाध्यापक विनोद चौधरीले बताए । बुधवार जनप्रतिनिधि, अभिभावक र शिक्षकबीच भएको बैठकमा उच्छृङ्खल गतिविधि गर्ने विद्यार्थीहरूलाई कारबाईस्वरूप निष्कासित गर्ने निर्णय भएको थियो ।

वैशाख २६ गते शिक्षकहरूमाथि कक्षाकोठामा विद्यार्थीहरूले दुव्र्यवहार गर्नुका साथै हातपात पनि गरेको प्रअ चौधरीले बताए । बाहिर खेलिरहेका विद्यार्थीलाई शिक्षकले कक्षाकोठामा अध्ययनका लागि बोलाउँदा विद्यार्थीहरूको समूहले शिक्ष्Fकमाथि दुव्र्यवहार गर्दै हातपात गरेको बताइन्छ ।

सो घटनापछि बुधवारदेखि विद्यालय बन्द भएको थियो । शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थीमाथि कारबाई नभएसम्म विद्यालय बन्द गर्ने शिक्ष्Fकहरूले अडान लिएको प्रअ चौधरीले बताए । शिक्षकका अनुसार सो विद्यालयका केही विद्यार्थीहरूले टोली बनाएर शिक्ष्Fकमाथि दुव्र्यवहार गर्दै आएको बताइन्छ ।

गापाध्यक्ष यशवन्त यादवसमेत सहभागी भएको बुधवारको बैठकमा उच्छृङ्खल विद्यार्थीहरूलाई निष्कासित गरेपछि मात्र विद्यालयमा पठनपाठन गर्ने शिक्ष्Fकहरूले अडान राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here