प्रस, पोखरिया, ४ जेठ/
पोखरिया नगरपालिका–४ मा वैशाख २८ गतेदेखि सञ्चालित विष्णु महायज्ञ शुक्रवार जेठ ४ गते पूर्णाहुति दिएर समापन भएको छ ।
विश्व शान्तिसहित देश र समाज शान्तिको लागि महायज्ञ आयोजना गरिएको महायज्ञ समितिका संयोजक एवं वडाध्यक्ष्F लक्ष्मणसाह कानूले बताए । उनले आज पूर्णाहुति दिएर महायज्ञको समापन भएको जानकारी गराए ।
महायज्ञमा अयोध्याका रामप्रसाद गर्गको नेतृत्वमा १४ जना ब्राह्मणको टोलीले वैशाख २८ गतेदेखि आजसम्म पूजा गरेका थिए । महायज्ञको वेदीमा सातजना दलितसहित २५ जना सहभागी भएका थिए ।