सामाजिक, आर्थिक अपराध नियन्त्रण गर्छु –प्रउ खड्का

प्रस, परवानीपुर, ३ जेठ/ बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले आप्mनो कार्यकालमा कुनै पनि प्रकारका अनधिकृत कार्यलाई बढावा नदिने बताएका छन्। प्रतीक दैनिकसँगको कुराकानीमा उनले आपूmले जिल्लाको कार्यभार सम्हालेपछि सामाजिक, आर्थिक अपराधहरूलाई न्यूनीकरण गर्नेगरी काम अगाडि बढाएको दाबी गरे। उनले सीमामा रहेका सबै चौकी इन्चार्जलाई भन्सार छलीका सामान नियन्त्रणमा तदारूकता देखाउन र उनीहरूले गलत गरेको पाइए […]

कर्मचारीहरू समयमा कार्यालय आउँदैनन्

नरेश यादव, पर्सागढी, ३ जेठ/ सखुवाप्रसौनी गाउँपालिकामा कर्मचारीहरू समयमा कार्यालय नआउँदा सेवाग्राहीहरूले दुःख भोग्नुपरेको छ। कार्यालय सहयोगी समयमा आएर सम्पूर्ण कार्यालय खोले पनि अधिकांश शाखा प्रमुख तथा कर्मचारी ११ बजेपछि मात्र कार्यालय आउने गरेका स्थानीय सेवाग्राहीले गुनासो गरेका छन्। जनमत पार्टीका नेता जयभोले यादव र अनिल शर्माले यसबारेमा गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पटकपटक  […]

नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षामा प्रतिबन्ध

लन्डन, ३ जेठ/एएफपी बिहीवार प्रकाशित भएको नयाँ सरकारी प्रस्ताव अनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ। यसले प्राथमिक उमेरका स्कूले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। “आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको उमेरका लागि अनपयुक्त विचलित […]

समृद्धिका लागि नीतिसँगै नियतमा सुधार

– शीतल महतो सुशासनलाई लोकतन्त्र वितरणको प्रमुख औजारका रूपमा लिइन्छ । नेपालको संविधानले पनि स्वच्छ र समुन्नत समाजको आधारशिलाका रूपमा यसलाई अङ्गीकार गरेको छ भने नेपालको १५औं पञ्चवर्षीय योजना र नेपाल सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले समेत यसलाई समृद्धिको आधार बनाएको छ। राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल […]

आर्थिक विकासका लागि व्यवस्था कि व्यवहार महत्वपूर्ण ?

-विश्वराज अधिकारी देशको आर्थिक विकास गर्नका लागि कस्तो किसिमको राजनीतिक व्यवस्था हुनुपर्छ भन्नेबारे वर्षौदेखि बहस चल्दै आएको छ। देशको आर्थिक विकासका लागि प्रजातान्त्रिक व्यवस्था उपयुक्त हुन्छ वा एकतन्त्रीय अथवा साम्यवादी राजनीतिक व्यवस्था हुन्छ भन्ने विषयक यो बहस चलि नै रहने छ। दुवै किसिमको राजनीति व्यवस्था प्रयोग गरेर अनेक देशले राष्ट्रको आर्थिक विकास गरेकाले वर्तमान समयमा […]

तराईको गर्मीमा पनि लटरम्म स्याउ

-इन्द्राकुमारी केसी घोडाघोडी (कैलाली), ३ जेठ/रासस तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्न सक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैंचामा लटरम्म स्याउ फलेका छन्। चीसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँुदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री […]

वीरगंज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगंज (पर्सा), ३ जेठ/रासस सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजले चालू आर्थिक वर्षको १० महीनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयले आर्थिक मन्दीको कारण बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६०.७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख  डा रामप्रसाद मैनालीले चालू आर्थिक वर्षमा […]

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौं, ३ जेठ/रासस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ अङ्कले उकालो लागेर ३५८ दशमलव ३७ मा पुगेको छ। […]

चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै

अजयकुमार साह धनुषा, ३ जेठ/रासस तराई–मधेसका जिल्लाहरूमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरूपमा खानेपानीको समस्या देखिन थालेको छ। तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो। चैतदेखि शुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्म विकराल बनेको छ। चापाकल सुक्ने समस्या पछिल्ला दिन बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहले बढी सङ्कट देखिएका स्थानमा ट्याङ्करबाट […]

सरकार जोगाउन राष्ट्रवादको कार्ड

श्रीमन्नारायण

– श्रीमन्नारायण पिछडिएका गरीब एवं कमजोर देशहरूको राजनीतिमा सबैभन्दा बढी सफल हुने नारा भनेको राष्ट्रवाद हो। यसको निम्ति जनताको जनजीवनसँग जोडिएका महँगी, बेरोजगारी, गरीबी र सामाजिक कुरीतिलगायत विषयमा ध्यान नै दिनुपर्दैन। आआफ्नो परिवार, नातेदार र आसेपासेको निहित स्वार्थपूर्तिमा लागिरहने तर आप्mनो स्वार्थपूर्तिमा अवरोध उत्पन्न हुनेबित्तिकै जनतालाई आपूmतिर आकर्षित गर्न अदृश्य भय देखाइरहने। यो अदृश्य भय […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।