नयाँ दिल्ली, ३१ वैशाख/एएनआई
भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान शुरू भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि शुरू भएको चुनावमा संसद्का ९६ स्थानका लागि सोमवार मतदान भयो ।
साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधानसभा र उडिसा राज्यको २८ सदस्यीय विधानसभाका लागि पनि आजै मतदान भयो ।
लोकसभाका ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बङ्गालका आठ, बिहारका पाँच, झारखण्ड र उडिसाका चार/चार तथा जम्मु–कश्मीरका एक स्थानमा चुनाव सम्पन्न भयो ।
निर्वाचन आयोगका अनुसार यस चरणमा कुल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बङ्गाल काङ्ग्रेसका प्रमुख अधीररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीवरञ्जन सिंह (ललन सिंह), टिएमसीका नेता शत्रुघ्न सिन्हा र क्रिकेट खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन् ।
तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण सम्पन्न भइसकेको छ । भारतको लोकसभामा ५४३ स्थान छ । रासस