ओटावा, २९ वैशाख/सिन्ह्वा

क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रवार राति निकासीको चेतावनी जारी गरिएको छ ।

उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’का थिए । आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धूवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छोटो सूचनामा खाली गर्न तयार रहन जानकारी दिइयो । क्यानडाली इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार शुक्रवार देशभर ११७ वटा आगो सक्रियरूपमा लागिरहेका छन् र तीमध्ये ३३ वटा नियन्त्रणबाहिर छन् ।

क्यानडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले ठूलो जङ्गली डढेलोको जोखिम निम्त्याउन सक्ने बिहीवार चेतावनी दिएको छ । सन् २०२३ मा क्यानडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here