इस्लामाबाद, २९ वैशाख /एएनआई

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ ।

नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र आइएमएफबीच वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले देशको स्थिरता र यसले सामना गर्ने चुनौतीको चिन्तालाई जोड दिएको छ ।

आइएमएफ स्टाफ रिपोर्ट अनुसार नकारात्मक जोखिम उच्च छन् । नयाँ सरकारले एसबिए (स्ट्यान्डबाइ व्यवस्था) नीतिहरू जारी राख्ने सहानुभूति देखाएको भएपनि राजनीतिक अनिश्चितता महŒवपूर्ण रहेको छ ।

आइएमएफले नीति निर्माणमा गहिरो प्रभाव पार्ने जीवनयापनको उच्च लागत र अन्य राजनीतिक जटिलतालाई ध्यानमा राख्दै अघि बढ्नुपर्ने चेतावनी जारी गरेको छ ।

बाह्य वित्तपोषणमा कमी आएसँगै नीतिगत गिरावटले ऋण दिगोपनतर्फको पाकिस्तानी प्रगतिलाई पछाडि हटाइ विनिमय दरमा दबाब दिन सक्ने आइएमएफले चेतावनी दिएको छ ।

यसबाहेक बाह्य स्थिरता वस्तुको उच्च मूल्य, ढुवानी अवरोध र कडा विश्वव्यापी वित्तीय अवस्थाजस्ता कारक खतरामा भएकाले राष्ट्रको वित्तीय चुनौतीलाई बढाउन सक्ने डन पत्रिकाले जनाएको छ ।

वर्तमान परिस्थितिलाई जोड दिंदै आइएमएफले कार्यक्रमपछिको बाह्य वित्तपोषणको समयमैं वितरणको महŒवलाई जोड दिन्छ । पाकिस्तानले हालै तीन अर्ब डलरको कार्यक्रम सम्पन्न गरेको छ भने प्रधानमन्त्री शाहबाज शरीफले आर्थिक समस्यालाई सम्बोधन गर्न  दीर्घकालीन व्यवस्थाको आवश्यकतालाई जोड दिएका छन् ।

गत वर्षको गर्मीमा डिफल्ट हुन मुश्किलले बचेपछि त्यसयता पाकिस्तानको अर्थतन्त्र स्थिर भएको छ र मुद्रास्फीति मेमा ३८ प्रतिशतको उच्च रेकर्डबाट अप्रिलमा करीब १७ प्रतिशतमा झरेको छ । यद्यपि उच्च वित्तीय स्थिरताले गर्दा चुनौती जारी छन् । यो गत वर्षको नकारात्मक वृद्धिको तुलनामा यस वर्ष करीब दुई प्रतिशत कमी हुने अनुमान गरिएको छ ।

चुनौतीलाई सम्बोधन गर्न पाकिस्तानले आइएमएफबाट कम्तीमा छ अर्ब डलर मागसहित लचिलोपन र स्थिरता ट्रस्ट अन्तर्गत कोषबाट थप वित्तपोषणको अनुरोध गर्ने अपेक्षा गरिएको डनले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here