अङ्ग्रेजीमा मशरूमलाई विज्ञानमा फङ्गस, नेपालीमा च्याउ, हिन्दीमा फफुद र भोजपुरीमा गोबरौला भनिन्छ । यो प्ल्युरोटेसी परिवारको एउटा फफुद हो । यसको दुई भाग हुन्छ ः जमीनभित्र र जमीनबाहिर । भित्री भागलाई माइसेलियम र बाहिरी भागलाई स्पोरोफोर भनिन्छ । यसको बिरुवा एकदेखि पाँच वा आठ इन्च लामो हुन्छ । कहींकहीं यो मानिसको आकार बराबर पनि पाइएको छ । यस बिरुवाको औसत वजन २० देखि ३० ग्राम हुन्छ । यस बिरुवामा फोटोसिन्थेसिस क्रिया हुँदैन । यसको इतिहास ८१० मिलियन वर्ष पुरानो हो । मशरूम प्वायजनिड्ढो वर्णन गर्न मलाई यस कारण आवश्यक लाग्यो कि मधेसमा त होइन, तर पहाड र जङ्गलमा बस्ने आदिवासी यो खाएर बर्सेनि थुप्रैको सङ्ख्यामा मर्छन् । आजकाल मधेसका बजारहरूमा पनि यसको बिक्री बढ्दै छ किनभने यो भेजिटेरियन र भेगन डाइटको रूपमा धेरै पौष्टिक हुन्छ । यसमा पोटाशियम प्रचुर मात्रामा पाइन्छ । तर पनि त्यो काँचो खायो भने विषालु नै हुन्छ । बिक्रीको लागि बनाइएको च्याउलाई पहिले राम्ररी पानीमा धोएर सुखाइन्छ । त्यसपछि प्रोसेसिङ, रिलिङ, फोल्डिङ, ड्राइङ आदि चरण हुँदै प्याकिङ गरिन्छ । तर यदि च्याउ विषालु छ भने यी कुनै चरणमा पनि विषाक्तता जाँदैन । गाउँ–देहातका सबै पुराना मानिसले यसलाई गोबरको मानमा आफसेआफ उम्रेको अवश्य देखेको हुनुपर्छ । नयाँ मानिसले पुरानो लकडीमाथि वा पीपलको कुहिएको जरामा उम्रेको देख्न सक्छन् । संसारमा लगभग ५००० प्रजातिको च्याउ पाइन्छ, जसमा २० देखि २५ प्रतिशतको मात्रै नामकरण गरिएको छ, जसमध्ये तीन प्रतिशत विषालु हुन्छ । जङ्गलमा पाइने च्याउ प्रायः विषालु नै हुन्छ । जबसम्म यसको सय प्रतिशत गारन्टी हुँदैन, तबसम्म च्याउ खानुहुँदैन । गारन्टी केवल च्याउ विशेषज्ञले मात्र दिन सक्छ । बजारमा बिक्री हुने च्याउ गारन्टीयुक्त हुन्छ । च्याउ एउटा माइक्रो फङ्गस हो, जसको जरा, एउटा खोक्रो गिंड र टुप्पोमा एउटा सानो छाताजस्तो आकार हुन्छ, जसलाई कैप भनिन्छ । यसको सबैभन्दा तल एउटा ठोस भल्भको आकारको रचना हुन्छ, जसलाई भल्भा भनिन्छ । माथिको कैपलाई पायलियस पनि भनिन्छ । छतरीको माथि ससाना बुटा हुन्छन्, जसलाई भेल भनिन्छ । ठीक छाताको कमानीजस्तो तल्लो भागमा थुप्रै लाइन हुन्छ । दुई लाइनबीचको भागलाई माइसेनियम भनिन्छ । विषालु च्याउ छ कि छैन त्यो चिन्नका लागि सर्वसाधारणलाई यतिमात्र भन्न सकिन्छ कि जुन च्याउको कैप समतल हुन्छ, कपको तलको स्टेममा रातो दाग देखिन्छ, त्यो विषालु हुन्छ । यस्तो कैपलाई ‘डेथ कैप’ पनि भनिन्छ, जसको आधा मात्र खायो भने भने बच्चाको मृत्यु हुन्छ । सपोर्टिभ र तत्काल उपचार गरियो भने कोही बाँच्न सक्छ, नत्र कलेजो र मिर्गौला फेल भएर मृत्यु हुन्छ ।

फङ्गसको निम्न मुख्य प्रकार छन्ः
१. सेप्रोफाइटिकः जुन पुरानो र कुहिएको काठमा पैदा हुन्छ । यसले एउटा विशेष एन्जाइम छोडेर काठलाई गलाउँछ र आप्mनो खाना प्राप्त गर्छ ।
२. पारासाइटिकः जो जिउँदो बिरुवामा हुर्कन्छ र त्यही बिरुवाबाट पोषण ग्रहण गर्छ ।
३. इन्डोफाइटिकः यसले केही मेटाबोलाइट बनाउँछ, जसले अर्को बिरुवाको विकासमा सहयोग गर्छ र बायोफर्टिलाइजरको काम गर्छ ।
४. माइकोरिजलः जो कुनै कुनै बिरुवाको जरामा मात्र पैदा हुन्छ र बिरुवाको जरा उखेल्यो भने जराबाट अलग गर्न सकिन्छ ।

दुई किसिमको विषालु च्याउमा एकको नाम एमिनाटा मस्केरिया हो, जसलाई फ्लाई एगेरिक पनि भनिन्छ । यसको प्रयोग प्रायः झिंगा मार्न गरिन्छ । यसको विषको नाम मस्केरिन हो । दोस्रोको नाम हो, एमिनाटा फेल्वाइडिस जसलाई डिस्ट्रबाइडिङ एन्जेल वा बर्बाद गर्ने शैतान वा डेथ कैप पनि भनिन्छ । जब यसलाई खाइन्छ, तब आँखाको नानी पिन प्वाइन्ट भएर सङ्कुचित हुन्छ तर आँखामा लगाउँदा आँखाको नानी फैलन्छ । च्याउको विषाक्तता यसमा विद्यमान मस्केरिन, फेल्वाइडिन वा बिटा एमेनेटिन नामक विषले हुन्छ । यसमा दुई प्रकारको विषाक्तता हुन्छ : इरिटेन्ट र न्युरोटिक । पहिलो अवस्था छदेखि १० घण्टामा देखिन्छ, जसमा घाँटीमा सङ्कुचन, पेटमा जलन, वाकवाकी, दुःखाइको साथ वमन, पखाला चल्ने, पिसाब र वमनमा रगत देखिन्छ । त्यसपछि साइनोसिस, जन्डिस, नाडी र मुटुको गति सुस्त, सास फेर्न अप्ठ्यारो, छटपटी, धेरै पसीना र -याल आउने, पानीको कमी वा डिहाइड्रेशन, पेरिफेरल सर्कुलेटरी कोलेप्स र मृत्यु हुन्छ । कहिलेकाहीं मिर्गौला फेल भएर, अत्यधिक पखाला र बान्ता भएर पनि मृत्यु हुन्छ ।

न्युरोटिक वा स्नायुजनित लक्षणमा रिङ्टा लाग्ने, टाउको दुख्ने, उत्तेजित र भ्रमित हुने, एउटा कुरालाई दुईटा देख्ने र पिन प्वाइन्ट पुपिल, दुःखाइको साथ कडा खाले मांसपेशी बाँउडिने, हातखुट्टा सङ्कुचित भइरहने जसलाई ट्विचिङ भनिन्छ, -याल निस्कने, मुटुको गति मत्थर हुने, घ्वारघ्वार हुने र बेहोशी हुन्छ । आधा डेथ कैपले वयस्क र एक तिहाइले बच्चाको मृत्यु हुन्छ । ०.२७ ग्राम छालाभित्र दिंदा पनि मृत्यु हुने देखिऐको छ । खाएको २४ घण्टाभित्र प्रायः मृत्यु हुन्छ तर कहिलेकाहीं साता पनि लाग्न सक्छ । शल्यपरीक्षणमा गेस्ट्रोइन्टेसटाइनल सिस्टम सुन्निएको र इन्प्mलामेशन, कलेजो र मुटुको फैटी डिजनरेशन र मिर्गौलाका सूक्ष्म नलीमा नेक्रोसिस आदि देखिन्छ ।

च्याउ विषाक्तताको उपचार :
सर्वप्रथम पोटाशियम परमैग्नेट वा फाइन चारकोलले गैस्ट्रिक लभाज गरिन्छ । त्यसपछि कास्टर आयल वा मेग्नेशियम सल्फेट, दिसा गराउनको लागि दिइन्छ । पहिले दुई मिलिग्राम एट्रोपिन नसाबाट दिइन्छ र पछि एक मिलिग्राम प्रत्येक घण्टामा दोहोराइन्छ ।

दुःखाइ कम गर्नको लागि छालामुनि पेथिडिन दिइन्छ । मर्फिन भने दिइँदैन । पाँच प्रतिशत ग्लुकोज स्लाइन, जसमा भिटामिन सी, के, बी कम्प्लेक्स र इन्सुलिन मिसाइएको हुन्छ, दिइन्छ ।

कलेजोलाई सुरक्षा प्रदान गर्न १० प्रतिशत क्याल्शियम ग्लुकोनेट दिइन्छ । वाइड स्पेक्ट्रम एन्टिबायोटिक जसरी एक्रोमाइसिन दिइन्छ, जसले सङ्क्रमण र कलेजोलाई नेकोसिस हुनबाट जोगाउँछ ।

आवश्यकता अनुसार आक्सिजन दिइन्छ र कृत्रिम श्वFसप्रश्वFसले फोक्सोलाई सक्रिय राखिन्छ ।
दिनहुँ ३०० मिलिग्राम थायोक्टिक एसिड र प्रेडिनिसोलोन पनि दिनुपर्छ । दिनहुँ आठ मिलिग्राम थायोक्टिक एसिड दिइन्छ, जसले कलेजो र मिर्गौलामा हानि पुग्न दिंदैन । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here