प्रस, वीरगंज, २८ वैशाख/

वीरगंज महानगरपालिका–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माविले शुक्रवार अवकाशप्राप्त पाँचजना शिक्षकशिक्षिकालाई बिदाइ गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद कुर्मी र शिक्षा विकास समन्वय एकाइ पर्साका प्रमुख मोतीराम भट्टराईले अवकाशप्राप्त प्रावि तहका विद्या सत्याल, रमा जोशी, वीरेन्द्र तिवारी शास्त्री, सुनीता हमाल र निमावि तहकी सुशीला श्रेष्ठलाई सम्मानसहित बिदाइ गरेका थिए ।

कार्यक्रममा वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, प्रधानाध्यापक अनिल वर्णवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुर्मीले विद्यालयकी शिक्षिका स्व मुना पन्त लोहनी र निजका छोरा स्व हेमन्त लोहनीको सम्झनामा पति मुर्लीदत्त लोहनीले आठ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको र सोको ब्याजबाट वार्षिक दुईजना शिक्षक/शिक्षिकालाई पुरस्कृत गरिने बताए ।

उनले यसअघि विद्यालयको आर्थिक अवस्थाले नभ्याएर अवकाशप्राप्त शिक्षकशिक्षिकाहरूको बिदाइ गर्न नसकिएकोले यसपटक पाँच वर्ष अघिदेखि अवकाशप्राप्त पाँचजनालाई ससम्मान बिदाइ गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here