ब्यूनर्स आयर्स, २८ वैशाख/सिन्ह्वा

अर्जेन्टिनामा यस वर्ष डेङ्गुका चार लाख २० हजारभन्दा बढी मामिला भेटिएपछि डेङ्गु लक्षित खोप अभियान घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप आयोग (कोनेन)को सिफारिशको आधारमा र महामारीविरुद्ध व्यापक रणनीतिको एक भागको रूपमा प्रभावित क्षेत्रलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

मन्त्रालयले डेङ्गु अति प्रभावित जिल्लाहरूमा १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई चरणबद्धरूपमा खोप अभियानमा समेटिने बताएको छ ।

मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार अर्जेन्टिनाले यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण चार लाख २० हजार ८६७ जनामा डेङ्गु लागेको र २९१ जनाको मृत्यु भएको छ ।

एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग डेङ्गु भएपछि सामान्यतया टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसूस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थि सुन्निने, बान्ता हुने जस्ता लक्षण देखा पर्छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here