लुम्बिनी (मर्चवार), २७ वैशाख/रासस

चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’को आज भएका दुई खेलमा वीरगंज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् ।  वीरगंजले नेपालगंज वारियर्सलाई नौ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौंडालाई आठ विकेटले पराजित गर्दै जीत निकालेका हुन् ।

लुम्बिनीको यो लगातार दोस्रो जीत हो भने वीरगंजको पहिलो जीत हो । नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगंजले निर्धारित २० ओभरमा १० ओभर चार बलमा सबै विकेट गुमाउँदै ५० रनको झिनो स्कोर खडा ग¥यो ।

उसका लागि शिनु अग्रवालले १७ तथा प्रशान्त मुनधारा र निखिल अग्रवालले समान १०/१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न नसक्दा टीम सस्तैमा रोकियो । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा वीरगंजका सुरज जोशीले चार तथा केयल र पियुस शर्माले समान दुई/दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वीरगंजले चार ओभर चार बलमा एक विकेटको नोक्सानीमा ५१ रन बनाउँदै सानदार जीत निकाल्यो । उसका लागि सुमित कादमियाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालगंजका अभी अग्रवालले एक विकेट लिए । खेलमा सुरज जोशी ‘प्लेयर अफ दी म्याच’ भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शिवमले १६ ओभर तीन बलमा सबै विकेट गुमाएर जम्मा ५४ रन मात्रै बनाउन सक्यो । उसका लागि दिवेश शर्माले १५ रन बनाए पनि अन्य ब्याटर्सले दोहोरो अङ्कमा रन बुटल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका दिनेश अग्रवालले चार, शुभम् अग्रवालले तीन, दामोदर शर्माले दुई र सोमेश अग्रवालले एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले पाँच ओभर छ बलमा दुई विकेटको नोक्सानीमा ५६ रन बनाउँदै सहजै जीत दर्ज ग¥यो । उसको जीतमा शुभम् अग्रवालले सर्वाधिक २७ रनको योगदान दिए । बलिङमा शिवम् वारियर्स हेटFैंडाका आर्यन अग्रवालले दुई विकेट लिए । खेलमा शुभम् अग्रवाल ‘म्यान अफ दी म्याच भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here