प्रस, परवानीपुर, २५ वैशाख/
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय, पर्साको आयोजनामा विभिन्न ठाउँमा स्वास्थ्य शिविर सम्पन्न भएका छन् । वीरगंज–२२ मुसहर बस्तीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीको स्वास्थ्य परीक्ष्Fण एवं औषधि वितरण गरिएको थियो ।
ग्रीन सिटी आदर्शनगर र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको सहयोगमा आयोजना भएको सो शिविरमा प्रभु हस्पिटल, वीरगंज सामुदायिक आँखा अस्पताललगायत विभिन्न सङ्घसंस्थाहरूले सहजीकरण गरेका थिए ।
यसैगरी, वीरगंजको रोयल एकेडेमी स्कूलका करीब पाँच सय छात्रछात्राहरूको आँखा परीक्षण गरिएको वीरगंज सामुदायिक आँखा अस्पतालका संयोजक महेशसिंह धामीले बताए । प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा प्रभु हस्पिटलका डा सरोजकुमार साह, वीरगंज सामुदायिक आँखा अस्पतालका डा अजय अस्थाना, दिलीपराज कार्की, ग्रीन सिटीका जयप्रकाश खेतान, रूँगटा वेलयफेयरका सुरेश रूँगटा, दृष्टि विशेषज्ञ प्रभात चौरसिया, प्रहरी निरीक्षक धर्मराज थिङलगायतको सहभागिता थियो ।