प्रस, वीरगंज, २५ वैशाख/
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १३ लाखसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेको र उनको साथबाट १३ लाख २५ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
परवानीपुरतर्पm जाँदै गरेको प्रदेश २–०३ –०१० प ६७१९ नम्बरको मोटरसाइकललाई वीरगंज–१४ गण्डकमा चेकजाँच गर्दा पटेलको झोलाबाट १३ लाख २५ हजार नगद भेटिएको र उक्त रकमको स्रोत खुल्न नसकेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । पटेलको साथबाट विभिन्न बैंकका खाली चेक सात थान बरामद भएको उनले बताए ।