चीन आर्थिक मन्दीबाट गुज्रिरहेको बेला भारतको आर्थिक अवस्था फस्टाउँदै गएको र यसले गर्दा केही महीना अगाडि मात्र बेलायतको अर्थतन्त्रलाई उछिनेर भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ । यस अवसरमा धेरै सहृदयीहरूले अबको केही वर्षमैं जापान र जर्मनीको अर्थतन्त्रलाई उछिन्दै भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्ने प्रक्षेपण गर्न थालेका छन् । यसबारे सापेक्ष चर्चा गर्दा भारतको शेयर बजार अहिले उकालो लागेको पाइन्छ । यसमा २०१९ मा चार करोड १० लाख टे«डिङ खाता रहेकोमा यो २०२३ मा १४ करोड पुगेको छ । यसबाहेक चीनबाट हुने निर्यातमा अमेरिका र युरोपियन युनियनले लगाएको उच्च कर तथा बढ्दो श्रम माग एवं नियामकीय निकायको बढ्दो दबाबका कारण बहुराष्ट्रिय कम्पनीहरू चीनबाट बाहिरिने अपेक्ष्Fा गर्न थालिएको छ । विशाल जनसङ्ख्या र बढ्दो अर्थतन्त्रका कारण भारतलाई बहुराष्ट्रिय कम्पनीहरूको स्वाभाविक रोजाइ मान्न थालिएको छ । तर विश्व व्यापार सङ्गठनको वल्र्ड ट्यारिफ प्रोफाइल २०२२ का अनुसार अझै पनि चीनको तुलनामा भारतमा धेरै व्यापार अवरोधहरू छन् । इभ्ऋम् द्वारा सङ्कलित चभनगबितयचथ चभकतचष्अतष्खभलभकक ष्लमभह अनुसार पनि भारतमा प्रत्यक्ष वैदेशिक लगानीमा जटिल अवरोध छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२३ को विवरण अनुसार १८० देशमध्ये भारत ९३ औं स्थानमा छ भने चीन ७६ औं स्थानमा रहेको छ । यसका साथै बहुराष्ट्रिय कम्पनीहरू आप्mनो इकोनोमिक पावरको प्रयोग गरी आपूm अनुकूल सरकारी नीति बनाउन चाहने भएकाले पनि भारतको तुलनामा अहिले बङ्गलादेश तथा भियतनाम उनीहरूको पहिलो रुचि हुन सक्छ । आपूmलाई पहिलो बनाउन भारतले द¥हो कदम चाल्नुपर्ने देखिन्छ जुन वर्तमान अवस्थामा सम्भव देखिएको छैन ।

अप्रिल २०२३ मा भारतले जनसङ्ख्यामा चीनलाई उछिनेको छ । भारतमा २५ वर्ष मुनिको जनसङ्ख्या ४३.३ प्रतिशत छ भने चीनमा २५.५ प्रतिशत मात्रै छ । यस अर्थमा भारतको जनसङ्ख्यामा चीनको तुलनामा बढी युवा छन् । तर १.४ अर्ब जनसङ्ख्याको ९० प्रतिशतको आम्दानी ३५०० अमेरिकी डलरभन्दा कम छ । राष्ट्रसङ्घको तथ्याङ्क अनुसार भारतको प्रजनन दर पनि घट्दो छ र यो अहिले प्रतिमहिला दुईमा झरेको छ । भारतको महिला श्रमशक्तिको सहभागिता २०२३ मा ३२.७ प्रतिशत थियो भने चीनको ६०.५ प्रतिशत रहेको छ । भारत सरकारले विपन्न वर्गको लागि निश्शुल्क अन्न, शौचालय निर्माणमा अनुदान, उज्ज्वला योजना र आवास योजनाका साथै एलइडी बत्ती, सस्तो स्मार्टफोन र निश्शुल्कजस्तै मोबाइल डाटाको सुविधाले भने सुस्त भारतीय गाउँले जीवनलगायत अन्य क्षेत्रका उपभोक्तासमेत उत्साहित देखिएका छन् ।

भारत सरकारले चालू आवमा ७.३ प्रतिशतको आर्थिक वृदिदर प्रक्षेपण गरेको छ भने भारतको आर्थिक राजधानी मुम्बईका वित्त विज्ञहरू ६–६.५ प्रतिशत र सरकारको आर्थिक नीतिको विरोध गर्दै आएका अर्थशास्त्रीहरू ४.५ प्रतिशतमा अडिग छन् । ७–७.५ प्रतिशतको वृद्धिदर भारतले निरन्तर हासिल गरिरह्यो भने यो दशकको अन्तसम्म विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्न सफल हुन सक्छ । यहाँनेर एउटा उल्लेख्य कुरा के छ भने मनमोहन सिंहको कार्यकालमा भारतको आर्थिक वृदिदर कहिलेकाहीं १० प्रतिशतसम्म पुगेको भए पनि भारतलाई विश्व तथा भारतीयहरू स्वयंले सङ्घर्षरत राज्य मान्दथे । तर अहिले मोदी सरकारले पूर्वाधार निर्माणमा गरेको अभूतपूर्व प्रगति, बैंकिङ तथा व्यापारिक लेनदेनको डिजिटाइजेशनमा समेत प्रशंसायोग्य प्रगति गरेको छ । तर २०१६ को नोटबन्दीको असफलताले जहाँ आम भारतीय नागरिकको जीवन र रोजगारमैं प्रतिकूल असर पा¥यो, त्यही अर्कोतर्पm ठूला कम्पनीहरूले सन् २०१२ देखि २०२२ को अवधिमा स्टक एक्सचेन्जले कमाएको करीब १४ खर्ब अमेरिकी डलरमध्ये ८० प्रतिशत २० वटा कम्पनीको भागमा परेको र यस्ता कम्पनीहरूलाई सरकारको संरक्षण प्राप्त भएको दाबी गरिएको छ ।

विकासको नारा जति घन्काए पनि, आज पनि अधिकांश भारतीय गाउँमा बस्छन् र मानवोचित सुविधाबाट वञ्चित छन् । १.४ खर्बको झन्डै ७५ प्रतिशत कुनै न कुनै मानदण्डको आधारमा गरीबको श्रेणीमा पर्दछ । यिनीहरूको जीवन बाँच्ने मूल आधार नै कुपोषण रोक्न भनेर बाँडिने राशन बन्न पुगेको छ । एकातर्पm गरीबीको यो अवस्था छ भने अर्कोतर्पm भारतमा विलासितातर्पmको खर्च बढ्दो छ । अझ कोभिड महामारीपछि मान्छेले पैसा जोगाउन सिके भन्ने भनाइलाई उछिन्दै भारतीयहरू मर्सडिज, जी–६३ जस्ता महँगा गाडी किन्न लामो पालो कुर्न थालेका र दुई पाङ्ग्रे बिक्रेताहरू ग्राहक कुर्न थालेकोबाट स्पष्ट हुन्छ । भारतीय लोकतन्त्रको अहिलेको सबैभन्दा दुःखद पक्ष भनेकै बेरोजगारी हुन पुगेको छ ।

नोटबन्दीका कारण भएका बेरोजगारीबाहेक पनि सरकारी तथ्याङ्क अनुसार भारतमा ७ प्रतिशत बेरोजगारी छन् भने अर्ध बेरोजगारीको तथ्याङ्क सार्वजनिक गरिएको छैन । रोजगारका लागि जहाँ एकातिर ठूला पश्चिमा फर्महरूको उच्च पदमा प्रवासी भारतीयहरूको उल्लेख्य उपस्थितिले भारतलाई लाभ र प्रतिष्ठा दुवै दिलाएको छ भने अर्कोतिर त्यही देशका निवासीहरू रोजगारका लागि जोखिमपूर्ण मार्गबाट अमेरिका गइरहेका छन् भने नेपालका युवाहरू जस्तै रूसको सेनामा भर्ती हुन अग्रसर भएको दुःखद पक्ष पनि विचारणीय छ । तर बजारको हिसाबले धेरै बहुराष्ट्रिय कम्पनीहरू भारत आउने तयारीमा रहेका छन् । किनभने भारतमा बढेको नवधनाढ्य वर्ग अब अमेरिकीहरूजस्तै विलासी जीवनशैली अङ्गीकार गरेका छन् भने शासनको वरिपरि बसेर दलालीको जालो बुन्नेहरूको समूह महानगरबाट नगर हुँदै ससाना शहरसम्म पुगिसकेकोले पनि भारत पश्चिमको लागि आकर्षक आर्थिक एवं चीनका कारण राम्रो रणनीतिक साझेदार बन्न पुगेको छ । भारतले यसको लाभ उठाउनैपर्दछ तर त्यसको लागि भारतले भ्रष्टाचारको अवस्थामा व्यापक सुधारका साथै मध्यम एवं दीर्घकालीन रूपमा पूर्वाधारमा लगानी गर्नु आवश्यक छ किनभने चीनको तुलनामा भारतमा ज्याला थोरै भए पनि चीनको सडक, बन्दरगाह र अन्य पूर्वाधारहरू राम्रा छन् । यसका साथै शिक्ष्Fाको स्तर बढाउनुका साथै महिला श्रमशक्तिमा सहभागिता बढाउने कार्य गर्न सकेमा निश्चय पनि भारत आउँदा दिन अर्थात् अबको १० वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here