प्रस, परवानीपुर, २१ वैशाख/
डिभिजन वन कार्यालय, पर्सामातहत सबडिभिजन वन कार्यालय सबैयाको टोलीले वन्यजन्तुको लागि पानीको जोहो गर्न थालेको छ ।

कार्यालय मातहत अहिले कटानी चलिरहेको अवस्थामा बिहान र बेलुका आप्mनो सेवा क्ष्Fेत्रका विभिन्न ठाउँमा ससाना खाल्डा खनेर त्यसमा प्लास्टिक राखेर वन्यजन्तुलाई पिउनको लागि पानीको व्यवस्था गरिएको कर्मचारीहरूले बताएका छन् । फरेस्टर पुरुषोत्तम पटेलका अनुसार गर्मी ह्वात्तै बढेको र जङ्गलमा डढेलो लाग्दा पानीको मुहान सुकेपछि वन्यजन्तुलाई खानेपानी अभाव भएको छ ।

सबैयाको सेवा क्ष्Fेत्रमा पूर्वमा रामवन, दक्षिणमा जनता रोड, पश्चिममा बडनिहार, उत्तरमा फायरलाइनबीचको ३१८८ हेक्टर वन क्षेत्रका विभिन्न ठाउँमा पानीको जोहो गर्ने कार्य भइरहेको फरेस्टर पटेलले बताए । डेढ महीनायता सो क्ष्Fेत्र पर्ने भेडाहा र अर्गनिया खोलामा पनि पानी सुक्दा अहिले वन्यजन्तुलाई पानीको समस्या भएको छ । पर्साको राष्ट्रिय वनमा हात्ती, बाघ, चितुवा, बँदेल, चित्तल, हरिण, जरायो, नीलगाई (घोडगधा)लगायतका पशु र चराचुरुङ्गीहरूलाई पिउनको लागि पानीको समस्या भएको छ ।

पानी व्यवस्थापन कार्यमा सहायक वन अधिकृत रामप्रवेश प्रसाद, रेन्जर गोपाल रोकाया, वनरक्षक वीरेन्द्र यादव, ताराचन्द कुर्मी, लक्ष्मी साहलगायत खटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here