संयुक्त राष्ट्रसङ्घ, २१ वैशाख/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीवार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायतका मुद्दा सम्बोधन गरी लैङ्गिक समानता र कृषि–महिला सशक्तीकरण गर्ने बताइएको छ ।

राष्ट्रसङ्घले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरूमार्पmत अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ ।

साथै, महासभाले खाद्य र कृषि सङ्गठनसमेत, रोममा रहेका अन्य संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रूपमा मनाउन निर्देशन दिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here