प्रस, परवानीपुर, २० वैशाख/
मनोज ग्याँस उद्योग प्रालि, परवानीपुरले व्यावसायिक, सामाजिक जिम्मेवारी अन्तर्गत वीरगंज–२१ सुखचैनास्थित नेरा गीतागजेन्द्रराज जोशी माध्यमिक विद्यालयका एकजना शिक्षकको एक वर्षको तलबबापतको रकम रु एक लाख ४४ हजार सहयोग गरेको छ।
बिहीवार एक कार्यक्रमबीच मनोज ग्याँसका सञ्चालक मनोजकुमार दासले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।
वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक सुनील झा र स्वागत प्रधानाध्यापक अरविन्दकुमार लालले गरेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा स्थानीय समाजसेवी जीतेन्द्र कुर्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य सरोज यादवलगायतको सहभागिता थियो।
यस अघि आव २०७९/८० मा २०७९ चैत २२ गते मनोज ग्याँसले शिक्षकको एक वर्षको तलब सहयोगार्थ रु एक लाख ४४ हजार उपलब्ध गराएको उद्योग प्रशासनले जानकारी गराएको छ।