प्रस, परवानीपुर, २० वैशाख/

गत आइतवार राति वीरगंजको बाइपास सडकस्थित नबिल बैंकको शाखाबाट रु एक करोड ३४ लाख ६५ हजार चोरी भएको घटनामा तीनजना भारतीयसहित दुईजना नेपाली पक्राउ परेका छन्।

नेपाल तथा भारतका प्रहरीले अनुसन्धानको क्रममा तीनजना भारतीयसहित दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले रौतहटबाट दुर्ईजना नेपालीलाई वैशाख १८ गते बिहान २ बजे पक्राउ गरिएको बताए। उनका अनुसार रौतहट मौलापुर नगरपालिका–७ बस्ने २३ वर्षीय छोटेलाल साह कलवार, २६ वर्षीय सञ्जय साह भन्ने विश्वम्भर साहलाई पक्राउ गरिएको छ।

त्यसैगरी, पर्सा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी भारतबाट तीनजनालाई नेरु १८ लाख नेपालीसहित पक्राउ गरेको जनाएको छ। बिहार पुलिस मातहतको पूर्वी चम्पारण मोतिहारीका एसपी कान्तेशकुमार मिश्रले पत्रकार सम्मेलन गरी वीरगंजको नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एकजना महिलासहित तीनजनालाई पक्राउ गरिएको जनाएका छन्।

मोतिहारी पुलिस मातहतको तीनजना डिएसपीहरूको संयुक्त कमान्डमा खटेको टोलीले पूर्वी चम्पारण जिल्ला झरोखर बस्ने मन्टुकुमार र अर्जुनकुमार दरपा बस्ने सबितादेवीलाई पक्राउ गरिएको एसपी कान्तेश कुमारले बताए। उनीहरूलाई प्रहरीले बुधवार सार्वजनिक गरेको थियो।

मोतिहारी पुलिस मातहतको पकडीदयालका डिएसपी सुबोधकुमार, सिकरहनाका डिएसपी अशोककुमार र रक्सौलका डिएसपी धीरेन्द्रकुमारको संयुक्त प्रयासमा पक्राउ परेका तीनजनाको साथबाट एउटा बन्दूक, कार्तुस २ थान, सुनको औंठी, पल्सर मोटरसाइकल, मोबाइल २ थान, सिसिटिभि क्यामेरा २ थान र फुटेज, ग्याँस कटरसहित ड्रिल मेशीन  तथा र नेरू १८ लाख २३ हजार २ सय बरामद भएको मोतीहारी पुलिसले जनाएको छ।

औंठी र मोटरसाइकल चोरीको पैसाबाट खरीद गरिएको अनुसन्धानबाट खुलेको छ। उनीहरूको बिहारको ढाका र चिरैयास्थित इलेक्ट्रोनिक र हार्डवेयर पसलमा भएको लुटपाट तथा वीरगंजका एकजना हुन्डी व्यवसायीको ४० लाख रकम चोरीको घटनामा समेत संलग्नता रहेको सोधपुछबाट पत्ता लागेको छ। बिहारमा अहिले लोकसभा चुनावको कारण कडा निगरानी गरिएको छ। पर्सा प्रहरीले पक्राउ गरेको अभियुक्तबाट कति रकम र के समान बरामद गरेको छ, उक्त कुरा पत्रकार सम्मेलनमार्फत जानकारी दिनेछ।

नबील बैंकबाट एक करोड ३२ लाख ६५ हजार चोरी भएको थियो। बैंकको फल्ट कक्ष्Fमा राखिएको फलामे

पेटीबाट सो रकम चोरी भएको थियो। चोरहरूले फल्ट काट्न सकेका थिएनन्। त्यसमा पाँच करोड जति रकम

थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here