प्रस, सिम्रौनगढ, २० वैशाख/

प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल बाराको सिमरौनगढ नगरपालिका–६ सानो इटवालमा विष्णु भगवान्को मूर्ति फेला परेको छ।

बुधवार ४ बजे पोखरीको सरसफाइ गर्ने क्रममा सो मूर्ति फेला परेको स्थानीय सुरेश महतोले बताए। चार फिट लामो र २.५ फिट चौडा मूर्ति सफा गरी हनुमान मन्दिरमा राखिएको छ।

सिम्रौनगढ क्षेत्रमा प्रायःजसो ऐतिहासिक, पुरातात्विक र धार्मिक प्रतिमाहरू भेटिने गरेको छ। हरिहर पुर, कचोर्वा, खजानी, झवानी, ननसगरा ढाँट, अमृतगंज, नैकाटोला गाउँमा यस्ता धरोहर भेटिने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here