प्रस, सिम्रौनगढ, २० वैशाख/
सिम्रौनगढ नगरपालिका–९ बसवरिया निवासी जगरनाथ महरा चमारको घरमा बुधवार आगलागी भएको छ। चुल्होबाट सल्केको आगोले घर छुँदा खाद्यान्न, दमकल, मोटर, साइकल र नगद गरी २० लाख मूल्य बराबरको क्षति भएको छ। आगलागीमा बबिता महरा र उनकी छोरी घाइते भएका र सिम्रौनगढ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। वारण यन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीपछि सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहर, वडाध्यक्ष रामएकबाल यादव, अवधेश सहनी, समाजसेवी शेख मोतिन घटनास्थल पुगेर पीडितलाई खाद्यान्न, कपडा, खाजा र भाँडाकुँडा वितरण गरेका थिए।