प्रस, परवानीपुर, १८ वैशाख/
मेन्टेनेन्स नापी कार्यालय, पर्सा मातहत रहेका साबिक गाविसहरू अलौं, विन्ध्यवासिनी, लालपर्साको हालसाबिक खुला भएको छ ।
उक्त कार्यालयले सम्बन्धित गाविसको हाल स्थानीय तहका वडाहरूमा सूचना प्रकाशित गर्दै हालसाबिक शुरू गरेको कार्यालय प्रमुख राकेशकुमार झाले बताए । तीनवटा गाविसको हालका केही वडामा हालसाबिक शुरू भएको र केहीको विस्तारै हुँदै जाने उनले बताए । तीन महीनाअघि ती ठाउँहरूको नयाँ नापी भइसकेपछि हालसाबिकको काम शुरू भएको उनले जानकारी गराए ।
पुरानो पुर्जा र भोगको जग्गालाई नयाँ नापी गरेर सोही अनुसारको जग्गाको पुर्जा कायम गरिनुलाई हालसाबिक भनिन्छ ।