प्रस, वीरगंज, १६ वैशाख/
हरि खेतान बहुमुखी क्याम्पस वीरगंजमा आइतवार नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरूले तोडफोड गरेर लाखौं मूल्यको क्षति पु¥याएका छन् ।
शुक्रवारदेखि सो क्याम्पसमा कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको र नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरू का लागि मात्र सेन्टर रहेकोमा आज परीक्षा सकिएको आधा घण्टापछि परीक्षा दिएर घर फर्केका विद्यार्थीहरू पुनः क्याम्पसमा प्रवेश गरेर तोडफोड गरेका हुन् ।
विद्यार्थीहरूले क्याम्पसमा रहेका छवटा बस, दर्जनभन्दा बढी मोटरसाइकल, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख चढ्ने गाडी, क्याम्पसको कक्षा कोठा र कम्प्युटर ल्याबमा तोडफोड गरी व्यापक क्षति पु-याएका छन् ।
आज बिहान ८ बजेदेखि परीक्षा शुरू भएको र निर्धारित तीन घण्टापछि परीक्षा शान्तिपूर्णरूपमा सकिएको थियो । परीक्षा सकिएर विद्यार्थीहरू बाहिरिएका र त्यसको आधा घण्टापछि विद्यार्थीहरू क्याम्पसमा प्रवेश गरेर तोडफोड गरेको क्याम्पस प्रमुख किशोरी रायले बताए । उनले विद्यार्थीहरूले क्याम्पसका बस, परीक्षा बोर्डका प्रमुख चढ्ने गाडी, कम्प्युटर कक्ष, परीक्षा कोठाहरूमा रहेका डिजिटल बोर्डहरू र दर्जनभन्दा बढी मोटरसाइकल ठूलो नालामा फालेर करीब एक करोड रुपैयाँभन्दा बढीको क्षति पु¥याएको बताए । उनले परीक्षा शुरू भएदेखि आफूलाई सो कलेजबाट विद्यार्थीहरूसँग दुव्र्यवहार गरेको आरोपसहित परीक्षामा कडाइ नगर्न फोनमार्फत आग्रह गरिएको बताए । उनले सोही कलेजका शिक्षकहरूलाई परीक्षा केन्द्रमा चेकजाँचका लागि पठाउन आग्रह गरेको र विद्यार्थीहरूसँग कुनै दुव्र्यवहार नगरिएको दाबी गरे ।
परीक्षामा कलेजका विद्यार्थीहरूको राम्रो अङ्क आओस् भन्ने अभिप्रायले विद्यार्थीहरूलाई सहुलियत दिन आग्रह गरिएको र विधिसम्मतरूपमा परीक्षा लिएकै कारण क्याम्पसमा तोडफोड गरिएको क्याम्पस प्रमुख रायले आरोप लगाए । उनले राष्ट्रिय परीक्षा बोर्ड, हेटौंडाका प्रमुख आजको परीक्षा र तोडफोडको साक्षी रहेको बताए । उनले आजको क्षति उपलब्ध गराउनु पर्ने माग गरेका छन । आफुले यसबारेमा प्रजिअ दीनेससागर भुषालको ध्यानाकर्षण पनि गराएको प्रमुख रायले बताए ।
विद्यार्थीहरूले भने हरि खेतान क्याम्पसले परीक्षाको क्रममा आपूmहरूसँग दुव्र्यवहार गरेको भन्दै न्यायको माग गरेका थिए । उनीहरूले ‘वी वान्ट जस्टिस’ भन्दै हरि खेतानमा प्रदर्शन गरेको र तोडफोड गरेको प्रत्यक्षदर्शीहरूले बताए ।
परीक्षा मर्यादितरूपमा सम्पन्न गर्नका लागि हरि खेतान क्याम्पसमा सुरक्षाकर्मीहरूको पनि व्यवस्था गरिएको थियो । तर सुरक्षाकर्मीहरूको सङ्ख्या कम भएकाले उनीहरूले क्याम्पसमा भएको तोडफोड रोक्न सकेनन् । पछि थप सुरक्षाकर्मीहरू आएपनि उनीहरूले तोडफोडमा संलग्न कसैलाई पनि पक्राउ गरेनन् । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले घटनामा संलग्न विद्यार्थीहरू पक्राउ नपरेको बताए । प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जिल्ला प्रशासन कार्यालय, पर्सामा दुई पक्षबीच वार्ता भएको र भोलिदेखि त्रिजुद्ध माविमा परीक्षा केन्द्रको व्यवस्था मिलाइएको बताए ।