प्रस, परवानीपुर, १२ वैशाख/
राजमार्गका विभिन्न चोकमा पर्सा, बाराका ट्राफिक प्रहरीहरूले सवारी चालकलाई दुःख दिइरहेको गुनासो बढेको छ । पर्सा र बारामा प्रहरी प्रमुख फेरिएपछि चेकिङमा कडाइ गरिएको भन्दै ट्राफिक प्रहरीहरूले सवारीसाधनको चेकजाँचमा कडाइ गर्नुका साथै चालक तथा यात्रुहरूलाई दुःख दिइरहेको चालकहरूले गुनासो गरेका छन् ।

वीरगंजका घण्टाघर, मुर्ली, बसपार्क, गण्डक, पावरहाउस, ड्राइपोर्ट बहुअरी, परवानीपुर, नितनपुर, सिमरा, पथलैया, बाराका प्रसौनी, फेटा, कलैया, पिलुवा, श्रीपुर, निजगढलगायत क्ष्Fेत्रमा अहिले बारा र पर्साका ट्राफिक प्रहरीले चेकजाँचको नाममा आतङ्क मचाएको यात्रुहरूको गुनासो छ ।

एकै जिल्लामा सवारी चेकजाँचको नाममा आधा घण्टाको यात्रामा तीनदेखि चार स्थानमा चेकजाँचले गर्दा सर्वसाधारणहरू मर्कामा परिरहेका छन् । त्यसैगरी, ड्राइपोर्ट र आइसिपीबाट छुट्ने मालवाहक ट्रक, टिपर, टेलरलगायतको पदमरोड, श्रीसिया, ड्राइपोर्ट चोक, लक्ष्मी आयल, परवानीपुर, गण्डक, पावरहाउस, नितनपुर, सिमरालगायतका ठाउँमा दैनिक चेकजाँच गर्दा मालसामान ओसारपसारमा ढिलाइ भइरहेको र मानसिक यातना पनि खेप्नुपरेको चालकहरूले बताएका छन् ।

ट्राफिक प्रहरीले सबैभन्दा पहिला सवारीसाधनको कागजात देखाउनुस्, हेडलाइट, वाइपर, लुकिङ ग्लास, साइड लाइट किन बलेन भनेर हप्काउँछन् । त्यसपछि ओभरलोड भएको भन्दै मालवाहक सवारीसाधनका चालकलाई दुःख दिएर पैसाको लागि बार्गेनिङ गर्ने गरेको बुझिएको छ ।

यस विषयमा पर्सा र बाराका ट्राफिक प्रहरी प्रमुखहरूले आपूmहरूकहाँ सो विषयमा जानकारी नआएको र जानकारी आएपछि कारबाइ गर्ने बताएका छन् ।

ट्राफिक प्रहरीको गोजी चेक गर्छन् पर्साका प्रहरी उपरीक्षक पर्सा प्रहरीको प्रमुखमा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल आएसँगै विभिन्न प्रहरी युनिट र ट्राफिक प्रहरी चनाखो भएका छन् । पर्साका प्रहरी उपरीक्ष्Fक ढुङ्गेल भारतीय नम्बरको गाडीबाट राति राजमार्ग र पर्साका ग्रामीण भेगलगायत सीमावर्ती क्ष्Fेत्रमा एक्लै गस्ती गरिरहेको बुझिएको छ ।

उनले प्रहरी चौकीका प्रमुख र ट्राफिक प्रहरीले प्रभावकारी सेवा दिइरहेका छन्/छैनन् भन्नेबारेमा सुरक्ष्Fाकर्मीलाई केरकार गर्ने गरेका छन् । बहुअरी, पावरहाउस, गण्डक, परवानीपुरलगायत ट्राफिक प्रहरीले चालकसँग नजराना बुझ्ने गरेको गुनासो बढेपछि उनले ट्राफिक प्रहरीको गोजी छाम्ने गरेको स्रोतले बताएको छ । साथै उनले प्रहरी आचरणविपरीत काम गर्ने केही सुरक्ष्Fाकर्मीलाई विभागीय कारबाई पनि गरेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here