प्रस, सेढवा, १० वैशाख/
वर्षा नहुँदा पर्साको ग्रामीण क्षेत्रमा पनि पिउने पानीको समस्या बढ्दो छ । भूमिगत पानीको सतह घट्दै गएको र वर्षा नभएको कारण कतिपय पानीका मुहानहरू सुकेर पिउने पानीको समस्या बढेको छ ।
जङ्गलसँग जोडिएको थरुहट क्ष्Fेत्रमा आर्टिजेन धाराबाट पानी आफैं आउने गथ्र्यो तर अहिले पानीको स्रFेत घटेपछि आर्टिजेन धाराबाट पनि पानी आउन छाडेको छ । पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रमा रहेका पानीको मुहान पनि सुकेका छन् । कात्तिकदेखि नै पर्याप्त वर्षा नभएको कारण अहिले यो क्ष्Fेत्रमा पानीको समस्या बढ्दै गएको हो । गहुँखेती गरेका किसानहरूले पानीको समस्या झेल्नुपरेको थियो भने अहिले चैते धानखेती गरेका र मकै, सुर्ती तथा हरियो तरकारी रोपेका किसानहरूलाई पनि पानीको समस्या छ ।
जीराभवानी गाउँपालिका–१ शान्तिनगरका क्ष्Fत्रबहादुर श्रेष्ठले वर्षा नहुँदा प्रत्येक दिन बोरिङबाट बाली सपार्नको लागि सिंचाइ गर्नुपरेको बताए । सखुवाप्रसौनी गापा–२ का किसान अजित दासले वर्षा नभएको र भूमिगत पानीको सतह घट्दा अधिकांश आर्टिजेन धारा सुकेको बताए । पानीको मुहान सुक्दा अहिले कतिपय कुलोहरू सुक्खा भएको उनले जानकारी गराए ।
अहिले बालीको लागि किसानहरूले बोरिङलगायतको प्रयोग गर्दा पनि भूमिगत पानीको सतह घट्दै गएको उनले बताए । गत वर्ष पनि ग्रामीण क्ष्Fेत्रमा चापाकल, बोरिङ सुकेर पिउने पानीको समस्या भएको थियो । यसपालि पनि समयमा पानी नपर्ने हो भने गत वर्षको नियति भोग्नुपर्ने किसान दास बताउँछन् ।
ठोरी गापा–५ गडुवालाइनका देवीप्रसाद दाहालले ६० फिट लामो पाइप जडान भएको चापाकल र इनार सुकेको बताए । उनले केही बोरिङ नसुके पनि मोटरपम्प तथा दमकलबाट पानी तान्दा पनि नआएको बताए ।
अहिले पानीको व्यवस्थापनको लागि १२ देखि १५ फिट खाल्डो खनेर दमकल, मोटरपम्प जडान गर्ने र पानी तान्ने कार्य भइरहेको छ ।