प्रस, परवानीपुर, १० वैशाख/
नेपाली युवाहरू विदेश पलायन भएसँगै कृषिकर्ममा दैनिक ज्यालादारी गर्ने ज्यामीहरूको अभाव खड्किंदै गएको छ । यसैबीच, कृषिकर्ममा आधुनिकीकरण र यान्त्रीकरणलाई जोड दिनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहँदा बाराका किसानहरू आधुनिक प्रविधि अँगाल्न थालेका छन् ।

बारा, फेटा गाउँपालिका–१ त्रिवेणीका पारस ठाकुरले आलु रोप्ने मेशीनबाट एक बिघामा भारतीय केटु जातको आलु लगाएका थिए । यस वर्ष आलुको मूल्य बढेको हुँदा उनले एक बिघामा करीब चार लाख मूल्य बराबरको आलु उत्पादन गरेको बताए ।

पोटैटो प्लान्टर मेशीनबाट उनले एक बिघा क्षेत्रफलमा आलु रोपेका थिए । मेशीनबाट आलु रोप्दा ज्यामीको आवश्यकता पर्दैन र आलुको आकार बढेर उत्पादनमा वृद्धि हुने गरेको उनी बताउँछन् । यस वर्ष उनले मेशीनबाट नै आलु रोप्ने/खन्ने काम गरेका छन् । प्रतिकट्ठा ८०–८५ किलो आलुको बीउ लागेको बताउँदै आलु रोपिसकेपछि ढुसीनाशक विषादी र दुईपटक सिंचाइ गर्दा आलु उत्पादन बढ्ने उनले बताए । रासायनिक मलमा कट्ठामा १० किलो डिएपी, पाँच किलो पोटास र सिंचाइ गरेको बेलामा प्रतिकट्ठा दुई/दुई किलोको दरले दुईपटक युरिया मल हाल्नुपर्ने उनको भनाइ छ ।

आलु रोप्ने क्रममा उनको करीब एक लाख रुपैयाँ खर्च भए तापनि चार महीनाको अवधिमा एक बिघा खेतबाट तीन लाख मुनाफा गरेको उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here