प्रस, वीरगंज, १० वैशाख/
सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले सोमवार सवारी दुर्घटना न्यूनीकरणबारे सचेतनामूलक कार्यक्रम गरेको छ ।
वीरगंज–११ पावरहाउस चोकमा चालकहरूलाई मोटरसाइकल/स्कूटर चलाउँदा ट्राफिक नियमको पालना गर्नुपर्ने र दुर्घटना न्यूनीकरणका उपायबारे सचेतनामूलक पर्चा वितरण गरिएको थियो ।
कार्यक्रममा जीप, कार, भ्यान, मोटरसाइकल, स्कूटी, साइकल र पैदलयात्री गरी ८० थान पर्चा वितरण गरिएको केन्द्रका सचिव कुलनारायण प्रधानले जानकारी गराए ।