प्रस, वीरगंज, १० वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय, बिर्ताले वीरगंज महानगरपालिका–६ रूँगटा मार्केटभित्र रहेको माँ जगदम्बा मनी ट्रान्सफरबाट कलैया उपमहानगरपालिका–२३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मीलाई स्रोत नखुलेको २२ लाख पाँच हजारसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

प्रहरीले अनुसन्धानको क्रममा मनी ट्रान्सफरका सञ्चालक विन्ध्यवासिनी गाउँपालिका–३ बस्ने ४३ वर्षीय अजयकुमार साहलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनामाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here