प्रस, वीरगंज, ९ वैशाख/
वीरगंज महानगरमा रहेका पुस्तकपसलहरू आइतवारदेखि सञ्चालनमा आएका छन् । आन्तरिक विवादका कारण ठूला पुस्तकपसल र साना पुस्तकपसलबीच कलह बढेर गत बिहीवारदेखि पुस्तकपसलहरू बन्द भएका थिए ।

पुस्तक व्यवसायी सङ्घले सबै पसललाई विद्यालयका पुस्तक सूची सार्वजनिक गर्न अनुरोध गरेको थियो । तर पुस्तकपसलहरूले भने सूची सार्वजनिक गर्न मानेनन् । खासगरी ठूला पुस्तकपसलहरू सूची सार्वजनिक गर्ने विषयको विरोधमा रहे । वीरगंजमा ठूला पुस्तकपसलहरू गणेश, पूजा, लक्ष्मीलगायत छन् । उनीहरूको ठूला विद्यालयहरूसँग सहकार्य रहँदै आएको छ । वीरगंज महानगरले सरकारको नीतिअनुरूप निजी विद्यालयहरूलाई विद्यालयमा शैक्षिक सामग्रीका साथै पुस्तकलगायत कुनै पनि सामग्री बिक्री गर्न नपाउने गरी रोक लगाएको छ ।

अहिले २०८१ को नयाँ शैक्षिकसत्र सञ्चालन भएको छ र यो क्रममा सबैभन्दा बढी आम्दानी हुने भनेकै पुस्तक बिक्रीबाट हो । पुस्तकमा १० देखि ५० प्रतिशतसम्म कमिशनको खेल हुन्छ । प्रकाशन र पसलेले समेत विद्यालयहरूलाई पुस्तक बिक्रीको लागि कमिशन तय गरेका हुन्छन् र सोहीअनुरूप उनीहरूले पुस्तकहरू बिक्री गर्छन् । वीरगंजमा साना/ठूला गरी ८० वटाभन्दा बढी पुस्तकपसलहरू छन् ।

सबै पुस्तकपसलमा सबैथरीका पुस्तक उपलब्ध छैनन् । केही ठूला पुस्तकपसलहरूले भने सबैथरीका पुस्तक राखेका छन् र यसैको उनीहरूले फाइदा उठाउँदै आएका छन् । वीरगंज महानगर शिक्ष्Fा शाखाका अधिकृत हरि राउतले महानगर अन्तर्गत १३७ वटा संस्थागत विद्यालय सूचीकृत रहेको बताए । उनले महानगरले सबै विद्यालयलाई सार्वजनिक सूचना जारी गरेर पुस्तक, पोशाकलगायत वस्तुहरू विद्यालयमा बिक्री नगर्न र अभिभावकले चाहेको पसलबाट खरीद गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरेको छ । अनुरोधको बर्खिलाप गर्नेलाई कारबाई हुने सो कार्यालयले चेतावनी दिएको छ । तर पनि अहिले अभिभावकहरूलाई पुस्तकको सूची दिंदा फलाना पसलबाट खरीद गर्नु भन्ने निर्देशन विद्यालयहरूले दिने गरेको पाइएको छ । तोकिएकै पसलबाट पुस्तक खरीद गर्न अभिभावकहरूलाई बाध्य पारिएको छ ।

विद्यालयहरूले अभिभावकहरू पोशाक र पुस्तक खरीद गर्न स्वतन्त्र रहेको बताए पनि उनीहरूको करकापमा यो सब खेल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here