प्रस, परवानीपुर, ९ वैशाख/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार अन्तर्गतको कोइला यार्डले गर्दा सो क्ष्Fेत्रका सर्वसाधारण प्रभावित भएका छन् ।
केही दिनदेखि गर्मी बढेसँगै हावाहुरी चल्न थालेको छ । दिनभरि पश्चिमी वायुको बहावले गर्दा कोइला यार्डको धूलो भन्सार कार्यालय र छेउछाउका बस्तीमा उडिरहेको छ । जसले गर्दा छेउछाउका बासिन्दा, भन्सार एवं बन्दरगाह भन्सार कार्यालय सञ्चालन गर्ने प्रिन्टिन भ्याली, क्लियरिङ एजेन्ट, आयातकर्तालगायत मर्कामा परिरहेका छन् ।
अहिले मास्क र चश्मा नलगाएर काम नै गर्न नसकिने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् । त्यसैगरी, यार्डबाट टिपरमा लोड गरेर कोइला आयातकर्ताको गोदामसम्म लैजाने गाडीहरूबाट पनि कोइलाको धूलो उडेर ड्राइपोर्टको मूलगेटदेखि लक्ष्मी आयल, ड्राइपोर्ट–परवानीपुर सडकखण्ड पनि कोइलामय बनेको छ ।
रक्सौल रेलवे यार्डमा यसअघि ह्यान्डलिङ हुँदै आएको कोइला त्यहाँका स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल असर परेपछि रक्सौल रेलवे यार्डमा ह्यान्डलिङ रोक्न भारतको सर्वोच्च अदालतले भारतीय रेलवेलाई निर्देशन दिएको थियो । त्यसपछि दुई वर्षदेखि बन्दरगाह भन्सार कार्यालयमैं डस्टी कार्गोको लागि छुट्टै रेलवे ट्र्याक र यार्ड बनाएर वीरगंज नाकाबाट कोइला भित्रिरहेको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले मासिक १५ ¥याकभन्दा बढी कोइला बन्दरगाहबाट भित्रिरहेकामा पर्याप्त भौतिक संरचनाको अभावमा धूलो नियन्त्रण गर्न प्रिस्टिन असफल भएको आरोप लगाए । उनले कोइला जाँचपासमा समेत बन्दरगाह भन्सार कार्यालयका कर्मचारीहरू उदासीन बन्दा दुई दिनमा हुने काम चार दिनमा भइरहेको उनले आरोप लगाए ।
यसै विषयमा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत सुशील शर्माले पहिलेभन्दा कोइलाको धूलोको त्रास बढेको र यसलाई नियन्त्रणको लागि छलफल गरी सरोकारवाला निकायहरूसँग समन्वय गर्ने बताए ।
त्यसैगरी, बन्दरगाह भन्सार कार्यालय सञ्चालन गर्ने प्रिस्टिनका प्रमुख अतुल शर्माले बिहान र बेलुका पानी छर्कने गरे पनि कोइला यार्ड र सडकछेउछाउमा व्यवस्थित ढङ्गले कोइला ह्यान्डलिड्ढो कामलाई अगाडि बढाउन आपूmहरू गम्भीर भएर कदम चाल्ने बताए ।
वीरगंज नाकाबाट भारतको धनबाद, रानीगंज क्षेत्रबाट महीनामा १५ भन्दा बढी -याक आउँछ । एउटा -याकमा ३५ देखि ३८ टन कोइला हुन्छ । एक -याकमा ५७–५८ वटा बेगन हुन्छ र एक -याक कोइला भन्सार कार्यालयमा झरेपछि १७० देखि २१५ टिपर माल हुन्छ ।