प्रस, वीरगंज, ९ वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २० लाख मूल्य बराबरका विभिन्न ब्रान्डका कपडाहरू बरामद गरी वीरगंज भन्सार चलान गरेको जनाएको छ ।
प्रहरीले वैशाख ६ गते वीरगंज–१६ बस्ने २४ वर्षीय आकाशकुमार गुप्ता, वडा नं ६ बस्ने ४४ वर्षीय रामएकबाल कुशवाहालगायतको वीरगंज महानगर–६ तुल्स्यान मार्केट (पमपम बिल्डिङ)मा रहेको छवटा गोदाममा प्रहरीले छापा मारी सर्टिङ–सुर्टिङ, सर्ट, पाइन्ट, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरुवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू गरी दुई करोड २० लाख मूल्य बराबरका कपडा बरामद गरेको जिप्रका, पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् । बरामद कपडा शुक्रवार वीरगंज भन्सार बुझाएको सूचना अधिकारी प्रनाउ थापाले बताएका छन् ।