प्रस, पोखरिया, ५ वैशाख/
हेटौंडा–अमलेखगंज–पोखरिया हाइटेन्शन लाइन विस्तारको नगरप्रमुख प्रद्युम्न चौहानले शिलान्यास गरेका छन् ।
पोखरिया नगरपालिका–३ लमरियामा निर्माण हुने हेटौंडा–अमलेखगंज–पोखरिया हाइटेन्शन लाइन विस्तार सबस्टेशनको शिलान्यास गर्दै उनले आगामी दिनमा विद्युत्को अघोषित लोडसेडिङबाट यो क्षेत्र मुक्त हुने बताए । सबस्टेशनका लागि १३५० मिटर लामो पर्खाल निर्माण र तीनवटा भवन निर्माण गरिने बताइएको छ । रु ३० करोड लागतको यस योजनाको शिलान्यास लगत्तै निर्माण कार्य शुरू हुने नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले जनाएको छ ।
कार्यक्रममा स्थानीय नेता रामबाबू बैठा, वडाध्यक्ष्Fहरू नौशाद आलम, केदार महतो, प्रमोद गिरीलगायतको सहभागिता थियो ।