प्रस, वीरगंज, ५ वैशाख/
रिलिफ सोसाइटी अफ कमर्श र रूँगटा वेलफेयर सोसाइटीको सहकार्यमा वीरगंजमा साताव्यापी सशुल्क कान उपचार र निश्शुल्क कानको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
रिलिफ सोसाइटी अफ कमर्शमा सशुल्क शिविरमा ७९ जनाको कान परीक्षण गरिएकामा ५४ जनाको शल्यक्रिया गरिएको प्राडा विमल सिन्हाले बताए । उनले कानको शल्यक्रिया रिलिफ सोसाइटी अफ कमर्श र रूँगटा वेलफेयर सोसाइटीको सहकार्यमा बहुअरीस्थित रूँगटा वेलफेयरको इम्प्याक्ट नेपालमा निश्शुल्क गरिएको बताए । प्राडा सिन्हाले शिविरमा पर्सा, बारा र छिमकी भारत बिहारबाट कानका रोगीहरू आएको बताए ।
बुधवार कार्यक्रमको समापन गरिएको र सो कार्यमा सहभागी प्राडा सिन्हालगायत उपचार र शल्यक्रियामा सहभागी पाँचजना प्राविधिकलाई सम्मानित गरिएको थियो । रिलिफ सोसाइटी अफ कमर्श, वीरगंजका अध्यक्ष योगेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा रूँगटा वेलफेयर सोसाइटीका अध्यक्ष मुर्लीधर रूँगटा, रिलिफ सोसाइटी अफ कमर्श वीरगंजका पूर्वअध्यक्ष अशोक लाठ, उपाध्यक्ष नारायण रूँगटा, महासचिव नीरज अग्रवाल, राजेश सरावगी, ज्योति रूँगटा, रमेश अग्रवाललगायतको सहभागिता थियो ।