नरेश यादव, पर्सागढी, ४ वैशाख/
पर्सागढी नगरपालिकाले आफ्नो क्षेत्र अन्तर्गतको जनता सडकमा मर्मत सम्भार शुरू गरेको छ ।
२०६५ मा विश्व बैंकको लगानीमा पप्पु कन्स्ट्रक्शनले जीतपुरदेखि रङ्गपुरसम्म जाने सडक कालोपत्र गरेको थियो । हालसम्म यो सडक मरम्मत नहुँदा ठाउँठाउँमा फुटेको, भत्केको र पानी जम्ने गरेका कारण दुर्घटना हुने गरेको छ । नगरप्रमुख गोकर्ण पाठकले नगरपालिकाको सिमाना पश्चिममा सखुवाप्रसौनी गाउँपालिकाको मधुवन मथवलदेखि पूर्व वीरगंज महानगरपालिकाको भेडाहा पुलसम्म र पर्सागढी नपा–३ को उत्तरमा पर्ने सबडिभिजन वन कार्यालय, मधुवन मथवल, बडनिहारदेखि वडा नं ८ को दक्षिण सामुदायिक भवनसम्मको सडक ठाउँठाउँमा फुटेकाले मरम्मत भइरहेको बताए ।