संयुक्त राष्ट्रसङ्घ, ४ वैशाख/एएफपी
इरानले सप्ताहन्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आप्mना आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमवार बताएका छन् ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीलाई आक्रमणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजराइली आक्रमणको सम्भावनाप्रति चिन्तित हुनुहुन्छ कि भनी प्रश्न गरेका थिए ।

“हामी सधैं यस्तो सम्भावनाबारे चिन्तित छौं, म यति भन्न सक्छु कि इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतवार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहने जानकारी गराएको छ”–उनले भने ।

उनका अनुसार सोमवार आणविक केन्द्रहरू पुनः खुल्नुपर्ने थियो तर निरीक्षकहरू अर्को दिनसम्म फर्कने छैनन् । ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उनले भने–“स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरें ।”

दमास्कसमा आप्mनो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतवार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो । दमास्कसमा भएको इजराइली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युशनरी गार्डका सात सदस्य मारिएका थिए ।

इजराइल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियार खसाएका थिए र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजराइली प्रतिशोधबारे चिन्ताले पुनः क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ । इजराइलले पहिले पनि यस क्षेत्रमा आणविक स्थलविरुद्ध कारबाई गरिसकेको छ ।

सन् १९८१ मा वाशिंगटनले विरोध गरे पनि इजराइलले सद्दाम हुसेनको इराकमा ओसिरिक आणविक रिएक्टरमा बम हमला गरेको थियो । साथै उसले सन् २०१८ मा ११ वर्ष अघि सिरियामा एउटा रिएक्टरविरुद्ध उच्चस्तरको गोप्य हवाई हमला शुरू गरेको स्वीकार गरेको थियो ।

तेहरानले इजराइलमाथि सन् २०१० मा दुई इरानी आणविक भौतिकविद्को हत्या गरेको र गत वर्ष एउटा अर्को अपहरण गरेको आरोप लगाएको छ । यसका साथै सन् २०१० मा स्टक्सनेट भाइरसजन्य परिष्कृत साइबर हमलाका कारण युरेनियम संवद्र्धनका लागि प्रयोग गरिने इरानी सेन्ट्रिप्mयुजमा शृखलाबद्ध खराबी आएको थियो ।

तेहरानले यसका लागि इजराइल र संयुक्त राज्य अमेरिकालाई दोष दिएको थियो । इजराइलले इरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ । इरानले उक्त आरोपलाई अस्वीकार गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here